आगलागी हुँदा जलेर घाइते खनाल दम्पतीको उपचारका क्रममा मृत्यु


५ आश्विन २०७८, मंगलवार ११:५२ मा प्रकाशित

झापा, असोज ५ । गत भदौ २६ गते खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते हुनुभएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।

आगलागीमा गम्भीर घाइते हुनुभएका रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो। उहाँहरूको सोमबार दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिनुभयो।

आगलागीमा परेर उहाँहरूका छोरा पंकज खनाल पनि घाइते हुनुभएको थियो छन्। उहाँको स्वास्थ्य अवस्था भने सामान्य छ।

गत भदौ २६ गते घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।

आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here