काठमाडौं, असोज ५ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।
मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गर्नुभएको छ ।
यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो ।
गठबन्धन सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।





