विश्व शान्ति दिवसको अवसरमा रोट्र्याक्ट क्लबको सरसफाइ कार्यक्रम


५ आश्विन २०७८, मंगलवार १४:०० मा प्रकाशित

काँकरभिट्टा, असोज ५ । विश्व शान्ति दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ काँकरभिट्टाले आयोजना गरेको सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा काँकरभिट्टा बसपार्क क्षेत्र सरसफाइ, फाउन्टेन परिसरमा वृक्षरोपण गर्नुका साथै बसपार्क क्षेत्रमा २ थान डस्टबिनसमेत राखिएको थियो।

कार्यक्रममा मेचीनगर वडा नं.६ का वडाअध्यक्ष ललितबहादुर तामङ, रोट्र्याक्ट क्लब अफ काँकरभिट्टाका संस्थापक अध्यक्ष पेमा तामाङ, वर्ष २०२१/२२ का अध्यक्ष पुष्कर बस्नेत लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक बासुदेव गौतमले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here