झापामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु


१ आश्विन २०७८, शुक्रबार १२:२३ मा प्रकाशित

झापा, असोज १ । झापास्थित मेचीनगर नगरपालिका–१२, कालीझोडामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मे१त ७०६३ नम्बरको ट्याक्टरमा को२०प ४ नम्बरको मोटरसाइकल बिहिबार बेलुका करिब साढे ८ बजे ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–६ का ३५ वर्षीय दिलीपकुमार कार्की र पछाडि सवार मेचीनगर नगरपालिका–१३ का ३० वर्षीया युवराज लिम्बूलाई उपचारका लागि बीएन्डसी अस्पताल पठाइएको थियो । लिम्बूको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीचौकी चारआलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here