ताप्लेजुङ, असोज १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोभिड १९ महामारीका कारण विगत पाँच महिनादेखि बन्द पाथीभरा देवीको दर्शन आजबाट खुला गरिएको हो ।
हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ ।
पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।





