मोडल चौहानद्वारा ‘साझा क्याफे’सञ्चालन


१ आश्विन २०७८, शुक्रबार १९:५२ मा प्रकाशित

काठमाडौं । मोडल प्रल्हाद चौहानले नयाँ व्यवसाय शुरु गरेका छन् । झापामा रहेका कलाकारीता क्षेत्रमा प्रवेश गरेका चौहान अहिले काठमाडौंमा रहेर कलाकारीतासंगै व्यवसाय क्षेत्रमा लागेका हुन् । चौहानले काठमाडौंको मध्यबानेश्वरमा साझा क्याफे तथा अनिता लिक्वेर शप शुरु गरेका छन् ।

आफसंगै पढेका साथीहरु धेरै बैदेशिक रोजगारका लागि गएपनि आफु भने स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदेश्यले यहि बसेर परिश्रम गरीरहेको चौहानको भनाई छ ।चौहानले केही म्यूजिक भिडियोमा मोडलिङ गरेका छन् ।ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका चौहान केहि वर्ष अघि देखिनै व्यवसाय क्षेत्रमा नै आवद्व रहँदै आएका छन् ।

कलाकार चौहानलाई श्रीमती अनिता थापा चौहानले साथ दिँदै आएकी छिन् ।उनी भन्छिन्, ‘आपसी विश्वास र समझदारीले सफलता हासिल हुन्छ, हामी आर्थिक उत्थान र प्रगतिका लागि केही गरौं भन्ने सोच राखेर नै यो व्यवसायर्फ अघि बढेका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here