सुनसरीमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु


३१ भाद्र २०७८, बिहीबार ११:२० मा प्रकाशित

सुनसरी, भदौ ३१ ।सुनसरीमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका ९ छाताबेलीस्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की ९ वर्षीय छोरी बबिता खातुन रहेकी छन् । बुधबार बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको थियो । ट्रिफर चालक धनकुटा सहिद भुमी गाउँपालिका ४ का ३० वर्षीय हेमराज राई रहेका छन् ।

राईलाई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश नम्बर १ विराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here