चीनमा ६ म्याग्निच्युडको भूकम्प, दुई जनाको मृत्यु


३१ भाद्र २०७८, बिहीबार ११:३५ मा प्रकाशित

एजेन्सी, भदौ ३१ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । केही घरहरू भत्किएका छन् ।

बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भूकम्प गएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । सीसीटीभीका अनुसार ६० जना घाइते भएका छन्, त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ । ३५ घर भत्किएका छन् । भूकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

पश्चिम चीन नियमित रूपमा भूकम्पबाट प्रभावित हुँदै आएको छ । सिचुवानमा सन् २००८ मा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ९० हजार मानिसको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here