दुई करोडभन्दा बढी रुपैयाँका गहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ


३० भाद्र २०७८, बुधबार १४:०२ मा प्रकाशित

काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार काठमाडौंबाट विराटनगर जान लागेका दुई यात्रीबाट दुई करोड २४ लाखभन्दा बढी रुपैयाँ बराबरका गहनासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको उडानद्वारा विराटनगर जान लागेका बोधराज र मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका गरगहना बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका गहनाको तौल तीन हजार ३६० ग्राम र बजार मूल्य दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।

सुनका गरगहनाहरू आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले बुधबार जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here