झापा, भदौ ३० । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ११ बजेबाट सुरु भएको हो । पौने चार लाख विद्यार्थी सहभागी रहने परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।
यसअघि बोर्डले जेठ २६ र साउन ३१ देखि परीक्षा गर्ने भने पनि कोरोना संक्रमणको त्रासका कारण स्थगीत भएको थियो ।
यसैबीच, बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ ।





