१२ औं जनगणनाको पहिलो चरणको काम आजदेखि सुरु


३० भाद्र २०७८, बुधबार १२:२५ मा प्रकाशित

काठमाण्डौ, भदौ ३० । १२ औं जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु हुँदैछ । जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणका लागि खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका गाईबस्तुको संख्या समेत लिइनेछ ।

घरपरिवारको बैंक खाता रहे /नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिएरनलिएकोलगायतका विवरण समेत समेटिने उपमहानिर्देशक रेग्मीले बताउनुभयो । सूचीकरणको काम आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here