खैरो हिरोईन ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ


२९ भाद्र २०७८, मंगलवार १६:३१ मा प्रकाशित

झापा, भदौ २९ । झापामा खैरो हिरोईन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको बिर्तामोड–३ स्थित लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती साढे ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले को२७प ८६७४ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला बरामद गरेको थियो ।

पक्राउ परेका राई माथि थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाई समेत पक्राउ गरी दुबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here