लागूऔषधसहित ३ जना पक्राउ


२८ भाद्र २०७८, सोमबार १७:०२ मा प्रकाशित

सुनसरी, भाद्र २८ । सुनसरीबाट लागूऔषधसहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१ वर्षीय सुरज ठाकुर, सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेषकुमर मण्डल र २५ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डी.सी.६० बोतल, स्पास्मो प्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद २० हजार रुपैँयासहित प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्ने ३ जनामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here