काठमाडौं, भदौ २९ । नेपालबाट चोरी भएर अमेरिका पुर्याइएको उमामहेश्वरको मूर्ति फिर्ता ल्याइएको छ ।
कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो ।
राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो ।
मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवे लगायतको उपस्थिति थियो ।





