ओलीको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै


२८ भाद्र २०७८, सोमबार ११:५७ मा प्रकाशित

काठमाडौं, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरिएको छ।

रिट निवेदनमा ती १४ सांसदमाथि एमालेले गरेको कारवाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न र उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here