बसको ठक्करबाट एकको मृत्यु


२८ भाद्र २०७८, सोमबार ११:५१ मा प्रकाशित

धनकुटा, भदौ २८ । धनकुटामा बसको ठक्करबाट एकको मृत्यु भएको छ । धनकुटा सागुरीगढी गाउँपालिका ६ मालबासेस्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट धनकुटा शहिदभुमी गाउँपालिका ४ का ३६ बर्षीय गणेशमान राईको मृत्यु भएको हो ।

आइतबार बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको जनाइएको छ । त्यस्तै, मोटरसाईकल चालक ईलाम चुलाचुली गाउँपालिका ६ का ३३ बर्षीय रत्नकुमार राई सामान्य घाईते भई सोही अस्पतालमा नै उपचार भईरहेको छ ।

बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्णबहादुर पाख्रिनलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । सो घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here