ब्राउन सुगर सहित एक जना पक्राउ


२८ भाद्र २०७८, सोमबार ११:३४ मा प्रकाशित

झापा, भदौ २८ । झापामा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका ८ स्थित प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् ।

आइतबार दिउँसो ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here