प्रतिबन्धित औषधीसहित मोरङबाट एक जना पक्राउ


२७ भाद्र २०७८, आईतवार १६:१० मा प्रकाशित

मोरङ, भदौ २७ । मोरङबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ बाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ गरेको हो ।

पथरी शनिश्चरे नगरपालिका १ का पक्राउ पर्नेमा २३ वर्षीय सन्तोष ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्कीसहित पक्राउ गरेको हो ।

उनीबिरुद्ध थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here