रेलिङबाट खसेर झापामा एक जनाको मृत्यु


२५ भाद्र २०७८, शुक्रबार ११:४१ मा प्रकाशित

झापा, भदौ २५ । झापामा एक तला घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १२ सहरेडाँगी बस्ने अन्दाजी ३६ वर्षीय दिलीप चेम्जोङ्गको एक तला घरको रेलिङबाट खसेरे मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

बिहीबार बेलुका ८ बजे घरकोे रेलिङबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई उनको घरमा भाडा गरी बस्ने जुनु लिम्बुले देखेपछि तत्काल आफन्तलाई जानकारी गराई उपचारको लागि मनकामना हस्पिटल चारआली लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here