मोरङ, भदौ २५ । मोरङमा लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङस्थित विराटनगर महानगरपालिका ४ कन्चनबारीबाट प्रहरीले ५ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउँपालिका ७ का २४ वर्षीय सागर राई पक्राउ गरेका हुन् । बिहिबारे बेलुका साढे ८ बजे सिआरभि पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जनाउनुभयो ।
राईलार्ई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।





