सुनसरी, भदौ २४ । सुनसरीमा भाडा माझ्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा स्थित ५० वर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको हो ।
आज दिउँसो साढे १ बजे आफ्नै घरमा भाडा माझ्दा कलमा जोडिएको मोटरबाट करेन्ट लागेर घाईते भएकी श्रेष्ठको उपचारको लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।





