मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु


२४ भाद्र २०७८, बिहीबार १२:०९ मा प्रकाशित

मोरङ, भदौ २४ । मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोरङ ग्रामथान गाउँपालिका गिदनिया ५ का ३० वर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here