बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा हुदैँ


२४ भाद्र २०७८, बिहीबार १७:१९ मा प्रकाशित

काठमाडौं, भदौ २४ । नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलका लागि सुरुवाती – ११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती – ११ सार्वजनिक गर्नुभएको हो ।

नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा आज अपरान्ह ५ बजे सुरु भएको छ । मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यू गरेकी छिन । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको सुरुवाती – ११ मा पर्दै प्रिती र सबिताले डेब्यू गर्ने पक्का भएको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here