सोलुखुम्बु, भदौ २४ । सोलुखुम्बुमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाट स्थित लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारीका २६ वर्षीय रमेश राउत रहेका छम् भने खोटाङ ऐसेलुखर्क ३ का १८ वर्षीय सहचालक प्रदिप दाहाल सामान्य घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ ।
हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसि दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटाई आवश्यक कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको प्रहरीले जनाएको छ ।





