करेन्ट लागेर एक जनाको मृत्यु


२२ भाद्र २०७८, मंगलवार १२:२९ मा प्रकाशित

मोरङ, भदौ २२ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका ६ स्थित २९ वर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १ बजे आफ्नै घरको कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर घाईते भएका लिम्बु उर्लाबारीस्थित गोदावारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, सो घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here