मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु, दुई घाईते


२२ भाद्र २०७८, मंगलवार १२:१३ मा प्रकाशित

झापा, भदौ २२ । झापा कचनकवल गाउँपालिका ६ स्थित बिशाल बस्ती नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर हुँदा दुर्घटना भई एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे८प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको सोही स्थानका मोटरसाईकल चालक ३७ वर्षीय सोम दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने घाईते भएका ५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ वर्षीय करण राजबंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजबंशीको उपचार भईरहेको छ ।

दुर्घटना भएका दुवै मोटरसाइर्कल ईलाका प्रहरी कार्यालय बनियानी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here