मोरङ, भदौ २२ । मोरङमा गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन् । मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ वर्षीय भबिलाल सहनी लागूऔषध गाँजा सहित पक्राउ परेका हुन् ।
बिशेष सुचनाको आधारमा प्रदेश नम्बर १ प्रहरी कार्यालय रिट समूहबाट खटिएका प्रहरी टोलीले सोमबार दिउसो ११ बजे उनको घरबाट ७ केजी ४४५ ग्राम गाँजा बरामद गरेको हो ।
सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





