मेचीनगर, भदौ २१ । नेपाली काँग्रेस मेचीनगरको नगरसचिव पदमा युवा नेता मनोज घिमिरेले उम्मेद्वारीको घोषणा गर्नु भएको छ । मेचीनगर १० धुलाबारीका स्थानीय घिमिरेले आइतबार पत्रकार सम्मेलन मार्फत नगरसचिवको उम्मेद्वारीको लागि घोषणा गर्नु भएको हो ।
युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित घिमिरे निषेध र गुटको राजनितिभन्दा आफु टाढै रहेको बताउने उहाँले काँग्रेसको युवा संघठन नेपाल तरुण दलको नगरसचिवकोसमेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।
‘म कसैको प्यानलबाट उम्मेद्वार भएको होइन’, ‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगरसचिवको उम्मेद्वार बनेको छु ।’ काँग्रेसलाई बलियो बनाउँदै जनताकोबीचबाट काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि आफुले नगरसचिवको उम्मेद्वारी दिएको घिमिरेले पत्रकार सम्मेलनमा बताउनु भयो ।
वि.सं. २०५४ सालबाट नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनितिक यात्रा शुरु गर्नु भएको उहाँ २०५६ सालमा नेबिसंघको क्याम्पस इकाई सचिवमा चयन हुनु भएको थियो । त्यस्तै, २०६३ सालमा नेबिसंघ झापाको सदस्य हुनु भएका घिमिरे २०७० सालमा तरुण दल मेचीनगरको सचिव पदमा निर्वाचित हुनु भएको थियो । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएका उहाँले पार्टीले दिएको अन्य थुप्रै जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसक्नु भएको छ ।
काँग्रेसले स्थानीयस्तरमा आयोजना गर्ने विभिन्न कार्यक्रमहरुको व्यवस्थापनमा प्रमुख रुपमा भुमिका निर्वाह गर्ने युवा नेता घिमिरे पार्टी भित्र र बाहिर लोकप्रिय नेताको रुपमा मानिनु हुन्छ ।





