पाँचथर, भदौ २१ । पाँचथरमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । पाँचथरस्थित मिक्लाजुङ गाउँपालिका २ लक्ष्मीचौकमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको हो ।
लक्ष्मीचौकका २९ वर्षीय अविशेक आङदेम्वेको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी र्फकदै गरेको प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा पछाडिको चक्काले किचेर गम्भिर घाइते भएका आङदेम्वेलाई उपचारको लागी आधारभुत अस्पताल रवि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
त्यस्तै, २८ वर्षीय ट्याक्टरचालक आईतहाङ आङदेम्वेलाई ईलाका प्रहरी कार्यालय रविले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





