दाजुको हत्या अभियोगमा भाई पक्राउ


२१ भाद्र २०७८, सोमबार १२:०८ मा प्रकाशित

झापा, भदौ २१ । झापामा आफ्नै दाजुको हत्या गरि फरार अभियुक्त पक्राउ परेका छन् । झापा कचनकवल ३ का ३७ वर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

कचनकवल गाउँपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा बस्ने ५० वर्षीय भात्रु राजबंशी आइतबार बिहान साढे ७ बजे आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए । कोठाभित्र मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिइ हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्लासा भएको हो । दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासका क्रममा प्रहरीले आइतबार राती ९ बजे मेचीनगर १५ बाट मार्तलसहित पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here