झापा, भदौ २० । झापाको शिबसताक्षीमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । शिबसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको हो ।
शिबसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२–०३–००१ ख ४२३० नम्बरको लहरीकोे ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको लागी वि एण्ड सी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
त्यस्तै, ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ वर्षीय प्रबिन लामालाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।





