बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कटुवालले वडा सचिवको लागि उमेदवारी दर्ता गराउनु भएको छ ।
भदौ २० गते (आइतबार) हुने वडा अधिवेशनमा विद्यार्थी नेता कटुवालले बिर्तामोड नगरपालिका वडा नम्बर ५को सचिव पदको लागि उमेदवारी दर्ता गराउनु भएको हो । विद्यार्थी राजनीतिबाट राम्रो छवि बनाउनु भएका कटुवालको पल्ला भारी रहेको स्थानीय कांग्रेस नेताहरुको भनाई छ । सचिव पदमा अन्य प्रतिस्पर्धीहरु भएपनि आफुले भारी मत अन्तरले जित्ने कटुवालको विश्वास छ ।सामाजिक गतिविधिमा सक्रिय कटुवाल विचार र निष्ठाको राजनीति हुनु पर्छ भन्ने सोच बोकेका युवा नेता हुन् ।
झापाको राजनीतिमा युवाहरु अघि बढ्नु पर्छ भन्ने सोचका साथ उमेदवारी दर्ता गराएको कटुवालले बताउनु भयो ।उहाँले अवका दिनमा पार्टी भित्र अग्रजहरुको सल्लाह सुझाव र मार्ग दर्शनलाई आत्मसाथ गर्दै युवाहरुले नेतृत्व सम्हाल्नु पर्ने बताउनु भयो ।उमेदवार कटुवालले आफुलाई मत दिन सबै क्रियाशिल सदस्य तथा मतदाताहरु समक्ष आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेसको वडा अधिवेसन भदौ १९ गते देखि शुरु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तयारी छ ।





