भरुवा बन्दुकसहित २ जना पक्राउ


२० भाद्र २०७८, आईतवार १२:१६ मा प्रकाशित

खोटाङ, भदौ २० । खोटाङमा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हलेसि तुवाचुङ नगरपालिका १० बाट प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । शनिबार दिउँसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट बरामद गरेको हो ।

बन्दुक बरामद भएसँगै उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here