ताप्लेजुङमा ढुंगाले किचेर मजदुरको मृत्यु


१७ भाद्र २०७८, बिहीबार १७:३२ मा प्रकाशित

ताप्लेजुङ, भदौ १७ । ताप्लेजुङमा ढुंगाले किचेर एक जनाको मृत्यु भएको छ ।

 ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिम्लेस्थितमा सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।

फत्तालुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङको मृत्यु भएको हो । बिहिबार दिउँसो साढे १ बजे हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किचेपछि  घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।

घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तामाङ सोही हाईड्रोपावरमा खाना पकाउने काम गर्ने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here