चट्याङ लागेर बालकको मृत्यु


१७ भाद्र २०७८, बिहीबार १२:५५ मा प्रकाशित

उदयपुर, भदौ १७ । उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ देउरीका विरेन्द्रप्रसाद चौधरीको १४ वर्र्षीय छोरो निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षातसंगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here