केपी ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै


१८ भाद्र २०७८, शुक्रबार १२:३४ मा प्रकाशित

काठमाण्डौ, भदौ १८ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारबाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको मागसमेत गर्नु भएको छ । रिट निवेदन हिजो दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here