ओखलढुंगा, भदौ १७ । ओखलढुङगामा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ओखलढुङगाको मानेभन्याङ गाउँपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्र्षीया कर्ममाया मगर रहेकी छन् । बुधबार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो ।
मोटरसाईकल र चालक सोही स्थानका २१ वर्र्षीय रेवतबहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





