प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास गठनको माग गर्दै सर्वोच्चमा परेको रिट न्यायाधीश फुयाँलको इजलासमा


१७ भाद्र २०७८, बिहीबार १२:४२ मा प्रकाशित

काठमाडौं भदौ, १७ । प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास गठनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधान्यायाधीशसमेतको संवैधानिक इजलास हुने र आफूविरुद्धको रिट आफैँलेले सुनुवाइ गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भन्दै रिट फुयाँलको इजलासमा पठाउनु भएको हो ।

“प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न माग गरिएको अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गराउनुभएको रिट र आफ्नो मुद्दा आफैँले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम प्रधानन्यायाधीशबाहेकको इजलासको गठन माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले दर्ता गराएको रिटको सुनुवाइ आज न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ,” सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले भन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here