श्रीमतीको हत्या पछी आफैले गरे आत्महत्या


१२ भाद्र २०७८, शनिबार १२:२३ मा प्रकाशित

भोजपुर, भदौ १२ । भोजपुरमा श्रीमतीको हत्या पछी आफैले झुन्डिएर आत्महत्या गरेका छन् । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।
शनिबार राती साढे १ बजे उनले २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेर आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ वर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊनसाथ स्थानियबासी गई हेर्द श्रीमतीको मृत्यु भईसकेको र उनलाई खोजतलास गर्दा झुन्डिएको अबस्थामा फेला परेपश्चात प्रहरीलाई जानकारी गराएका हुन् । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटाइ थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here