झापा, भदौ १२ । झापामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ४ चुलाचुलिमोडस्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा मृत्यु भएको हो ।
मोरङ उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापा बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १ बजे पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।
बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ वर्षीय सम्पतलाल धिमाललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।





