मोरङ, भदौ १२ । लागूऔषध मुद्धाका फरार प्रतिवादी गाँजासहित पक्राउ परेका छन् । मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्र्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् ।
गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय रिट समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट ४ केजी ३०० ग्राम लागूऔषध गाँजा र ५० हजार रुपैँयासहित पक्राउ गरेको हो ।
माझी मोरङ जिल्ला अदालतद्वारा २०७५ पुस ५ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार रुपैँया जरिवाना ठहर भएका फरार प्रतिवादी हुन । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो ।





