जनगायक जेबी टुहुरेको मृत्यु


१० भाद्र २०७८, बिहीबार १४:०० मा प्रकाशित

झापा, भदौ १० । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा उहाँको निधन भएको हो ।

मंगलबार घरमा एक्कासि लडेपछि टुहुरेलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उहाँको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here