काठमाण्डौ, भदौ १० । सुनको भाउमा आज सामान्य गिरावाट आएको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।





