झापा, भदौ १० । इंग्ल्याण्डका कप्तान ह्यारी केनले टोटनह्याममै रहने भएका छन् । आफू टिमलाई सफलता तर्फ लैजानका लागि भरपुर मेहनत गर्ने उनले जिकिर गरेका छन् ।
म्यानचेस्टर सिटीले केनलाई भित्र्याउन चाहन्थ्यो । त्यस सम्बन्धमा टोटनह्यामका अध्यक्ष ड्यानिएल लेभीसँग केनको मौखिक सहमित भएको पनि विश्वास गरिएको थियो । तर यो समय केनले क्लब छोड्ने सम्बन्धमा कुनै छलफल गर्न लेभी मानेनन् ।
२८ वर्षका केन कम्तीमा तत्कालका लागि टोटनह्याममै रहने भएका छन् । केनले गएको आइतबार वूल्भ्समाथि १–० को जित निकाल्ने क्रममा यो सिजनको पहिलो खेल खेलेका हुन् ।
टोटेनह्यामसँग केनले जुन २०२४ सम्म सम्झैता गरेका छन् ।





