मोरङबाट लागूऔषधसहित एक जना पक्राउ


९ भाद्र २०७८, बुधबार १३:२२ मा प्रकाशित

मोरङ, भदौ ९ । मोरङबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
मंगलबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान ६ का २० वर्षीय निखिल रायलाई पक्राउ गरेको प्रहरी प्रवक्ता नविनराज राईले जानकारी दिनुभयो ।

उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका रायको ईलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here