काठमाडौं, भदौ ९। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताउनुभएको छ ।
उहाँले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताउनुभएको हो ।
ओलीका तर्फबाट तयार पारिएको अपिल प्रवक्ता प्रदिप ज्ञवालीले पढेर सुनाउनु भएको थियो ।





