शिशुको हत्या गरको आरोपमा बैतडीकी एक महिला पक्राउ


८ भाद्र २०७८, मंगलवार १३:३१ मा प्रकाशित

धनगढी, भदौ ८ । बैतडीमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी जिल्लाको डिलासैनी गाउँपालिका ७ की ३५ वर्षीया महिला रहेकी छन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here