पाँचथरमा भिरबाट लडेर एकजनाको मृत्यु


८ भाद्र २०७८, मंगलवार १२:३६ मा प्रकाशित

पाँचथर, भदौ ८ । पाँचथरको फिदिममा एक वृद्धको लडेर मृत्युृ भएको छ । फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ वर्र्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको हो ।

सोमबार बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अवस्थामा उनकै छोराले फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटाई घटना स्थलमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here