उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइँदै


८ भाद्र २०७८, मंगलवार १२:०८ मा प्रकाशित

काठमाण्डौ, भदौ ८ । आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइने गरिन्छ ।

मल्लकालीन समयदेखि नै रोपाइँ जात्रा मनाउने चलन चलिआएको मानिन्छ । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् ।

तर यो जात्रालाई ठाउँअनुसार फरक फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर जात्रामा नाच्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here