११ बजेको लागि बोलाइएको एमाले स्थायी कमिटि बैठक ३ बजेसम्मको लागि सर्यो


८ भाद्र २०७८, मंगलवार ११:४४ मा प्रकाशित

काठमाडौं, भदौ ८ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ।

आज विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एमाले नेता सुवास नेम्बाङले जनाकारी दिनुभयो। उहाँले केही तयारी नपुगेको भन्दै बैठक केही पर सारिएको बताउनुभयो।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुग्नुभएका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि आजको लागि बैठक तय भएको थियो।

आजको बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने नेता नेम्बाङको भनाई छ ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here